
Apr 27 2025 | २०८२, वैशाख १४ गते
स्थानीय बजारमा साताको पहिलो दिन सुनको मूल्यमा वृद्धि
काठमाडौँ । स्थानीय बजारमा साताको पहिलो दिन (आइतबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ ।
त्यस्तै चाँदी एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । गत शुक्रबार सुन एक लाख ८९ हजार ६००रुपैयाँ कायम भएको थियो भने चाँदी प्रतितोला दुई हजार रुपैयाँ पुगेको थियो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij