
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रहरीले उपत्यकाको विभिन्न स्थलबाट मोबाइल लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-१ घर भएका हाल काठमाडौं महानगरपालिका-३२ बस्ने १८ वर्षीय नवराज सुनुवार, धनुषाको तारापट्टी सिर्सिया गाउँपालिका-६ घर भएका बुढानीलकण्ठ नगरपालिका-१० बस्ने १८ वर्षीय राज निष्ट यादव र रौतहटको गरुढा नगरपालिका- २ घर भएका २७ वर्षीय सुरेश ठाकुर हजाम छन् ।
चैत ५ गते दिउँसो बसुन्धारामा उनीहरुले प्रेम तामाङले चलाएको बा २ ज ३४५८ नम्बरको ट्याक्सीलाई रोकेर लुटपाट गरेको आरोप छ । ठमेलमा सामान लिन जानु छ भन्दै टयाक्सी रोकेर र फोन गर्न भन्दै तामाङसँग मोबाइल लिएर उनीहरु भागेका थिए ।
प्रहरीले उनीहरुको साथबाट एक थान मोटरसाइकल र तीन थान मोबाइल बरामदसमेत गरेको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij