
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज आइतबार गरेको प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात जना पक्राउ परेका छन् ।
सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले राप्रपा अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई पक्राउ गरेर भद्रकालीमा राखेको छ ।
यस्तै, अन्य तीन जना प्रहरी वृत्त सिहंदरबारको नियन्त्रणमा रहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij