
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनलाई लक्षित गरी सिंहदरबार क्षेत्रमा कडाइ गरिएको छ ।
स्रोतका अनुसार सिंहदरबार क्षेत्रका चारैतर्फका सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने दङ्गा नियन्त्रण टोलीसहित बाक्लो सङ्ख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् ।
आज आयोजित प्रदर्शनमा सहभागी हुन नपाउँदै प्रहरीले सिंहदरबारभित्रबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौं लगेर राखेको छ । यससँगै राप्रपाले प्रदर्शन स्थगित गरेकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij