
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौं । सर्वोच्च अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले छविलाई उच्च अदालत तुलसीपुर बुटवलले पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।
बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्चमा निवेदन दिएका थिए ।
यसअघि चैत ३१ गते नै सर्वोच्चका न्यायधीश टेकप्रसाद ढुङ्गानाले रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुको आधार कारण माग गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij