Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै

  • काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दैछ ।

    images
    images
    images

    शुक्रवार कानून, न्याय तथा मानवअधिकार समिति को बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ ।  

    बैठकमा २०८१ साल चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा भएका मानव अधिकार उल्लङ्घनका विषयहरूमाथि गृहमन्त्रीसँग छलफल गरिने कार्यसूची रहेको छ ।

    यसैगरी आज संघीय संसदको राष्ट्रिय सभा अन्र्तगत रहेको विधायन व्यवस्थापन समितिको ५८ औँ बैठक बस्दैछ ।

    अपराह्न १ बजे बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । 

    यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २७३ औँ बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग छलफल हुने कार्यसूची रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij