Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

बेङ्लुरुका कप्तान रजतलाई १२ लाख जरिवाना

बेङ्लुरुका कप्तान रजतलाई १२ लाख जरिवाना

  • काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड -बिसिसीआइ_ ले रोयल च्यालेन्जर्स बेङ्लुरुका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।

    images
    images
    images

    इन्डियन प्रिमियर लिग -आइपिएल_ मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध बेङ्लुरुले १२ रनको रोमाञ्चक जित निकालेको थियो । उक्त खेलमा बेङ्लुरुले निर्धारित समयमा २० ओभर बलिङ गर्न सकेको थिएन ।

    ‘आइपिएलको न्युनतम ओभर रेट सम्बिन्धी आचरसंहिता अन्तर्गत यो सिजन रोयल च्यालेन्जर्स बेङ्लुरुको पहिलो गल्ती भएकाले टोलीका कप्तान रजत पाटिदारलाई १२ लाख भारतीय रुपैयाँ जरिवाना लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

    उनी यस सिजन स्लो ओरभ रेटिङका कारण जरिवाना भोग्ने चौथो कप्तान हुन्। यसअघि राजस्थान रोयल्सका कार्यबहाक कप्तान रियान पराग, मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेया र लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई जरिवाना लागेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij