
Apr 07 2025 | २०८१, चैत २५ गते
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका २७ वर्षीय कुमार तामाङ छन् ।
काठमाडौं । चैत १५ गतेको राजावादीहरुको प्रदर्शनका क्रममा जडिबुटी चोकको ट्राफिक लाइट तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भएका २७ वर्षीय कुमार तामाङ छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भक्तपुरबाट तामाङलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij