
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुन:स्थापनाका लागि गर्ने आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ । समितिका कार्यवाहक संयोजक जगमान गुरुङले एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोमा सक्रिय सहभागी हुन अपिल समेत गरेका छन् ।
‘उक्त कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाइदिनु हुन सबै राष्ट्रवादी देशभक्त नागरिकहरुमा हार्दिक आह्वान समेत गर्दैछौं’, गुरुङको वक्तव्यमा भनिएको छ । राप्रपाले २६ चैतमा राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।
समितिले यसअघि दुर्गा प्रसाईंले चैत १५ मा आह्वान गरेको जनप्रदर्शनलाई सघाएको थियो । उक्त आन्दोलनमा राप्रपाको पनि समर्थन र सहभागिता रहेको थियो । राजावादी शक्तिहरुले एक-अर्काको आन्दोलनलाई समर्थन र सहयोग गरे पनि सबै एक ठाउँमा आएर एकीकृत आन्दोलन गर्न भने सकेका छैनन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij