Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

राजावादी आन्दोलन

राष्ट्रिय प्रजातन्त्र पार्टी सडकमा जुरुक्क जुरुक्क

राष्ट्रिय प्रजातन्त्र पार्टी सडकमा जुरुक्क जुरुक्क

नेतालगायत सबैलाई रिहा गर्न माग गर्दै

  • काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका नेतालगायत सबैलाई रिहा गर्न माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

    राप्रपाका सवै संगठनले सोमबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्दै तीनकुने घटनामा झुटा मुद्दा लगाएर आफ्ना नेतालाई पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरूले सबैलाई तत्काल रिहाई गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, घटनाको न्यायोचित छानबिन हुनुपर्ने माग गरेका छन् ।

    प्रदर्शनपछि राप्रपा नेता डा.प्रकाशचन्द्र लोहनीले आफ्ना नेताहरूलाई झुटा मुद्दा लगाएर मनोवल गिराउन खोजेको भन्दै आन्दोलन निरन्तर अघि बढ्ने बताए ।

    उनले संवैधानीक राजतन्त्रका साथै हिन्दुराष्ट्र कायम नहुदासम्म राप्रपाको आन्दोलन नरोकिने चेतावनी दिए । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको घटनामा राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij