
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रो पटक राजा घोषणा गर्न जनदबाब स्वरुप ¥याली निकालेका छन् । सामाखुसीबाट नारायणहिटीसम्म ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गर्न’ भन्दै जनदबाब स्वरुप ¥याली निकालिएको हो ।
¥यालीका क्रममा राजावादीहरुले ‘नारायणहिटी खाली गर’, ‘हाम्रो राजा हाम्रो शान’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आउ देश बचाउ’ जस्ता नाराहरु पनि लगाएका थिए । काठमाडौंमा प्रदर्शन भइरहँदा पूर्वराजा शाह भने गोरखा जिल्लाको गोरखनाथ मन्दिरमा पूजापाठमा व्यस्त थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij