
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । दक्षिण कोरियाली वायुसेनाको विमानले सैन्य अभ्यासका क्रममा गल्तिले सर्वसाधारणमाथि आठ बम खसालेको छ । यस घटनामा सात जना घाइते भएका छन्, जसमध्ये चार जना गम्भीर घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।
वायुसेनाको केएफ-१६ विमानसँग सम्बन्धित घटना स्थानीय समयअनुसार बिहान १०:०४ बजे उत्तर कोरियाली सीमा नजिकै रहेको पोचियोन शहरमा भएको थियो ।
दुर्घटनावश खसेका आठवटा बममध्ये एउटा मात्र बम विस्फोट भएको विश्वास गरिन्छ । पोचियोनका अधिकारीकाअनुसार बम डिस्पोजल टोलीले अन्य सात बमलाई सुरक्षित रूपमा निष्क्रिय पार्न काम गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij