
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइटहाउसमा चर्को बहस भएको ३ दिनपछि अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै प्रकारको सैन्य सहयोग रोकेको छ । ब्लुमबर्गको रिपोर्ट अनुसार यो आदेश तत्काल कार्यन्वयनमा आउने छ ।
राष्ट्रपति ट्रम्पको आदेश अनुसार अमेरिकाबाट हिँडिसकेको तर युक्रेन पुग्न बाँकी रहेको सैन्य साहायतासमेत रोकिएको छ । यसमा पोल्यान्ड पुगेका सैन्य सामानहरु समेत रहेको जनाइएको छ ।
हवाइटहाउसका एक अधकारीका अनुसार यो सामान तब सम्म युक्रेनलाई दिइने छैन । जबसम्म युक्रेनका राष्ट्रपति शान्तिका लागि तयार हुने छैनन्। युक्रेनलाई सैन्य सहायता रोकेको विषयमा अहिलेसम्म रक्षा मन्त्री तथा ट्रम्पले केही जानकारी गराएका छैनन् । तर अमेरिकाले सैन्य सहयोग दिँदासम्म जेलेन्स्की शान्तिका लागि तयार नुहने राष्ट्रपति ट्रम्पले बताउँदै आएका छन् ।
सैन्य सहायता रोक्नु केही घण्टाअघि ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राष्ट्रपति जेलन्स्कीको कडा आलोचना गरेका थिए । उनले भने,’जेलेन्स्की जबसम्म अमेरिकाको सहयोग पाउँछन् त्यो समयसम्म शान्तिका लागि तयार हुँदैनन् ।’ उनले
अमेरिकाविरुद्ध जेलेन्स्कीले दिएको बयानको पनि कडा आलोचना गरे । उनले भने,’जेलेन्स्कीले सार्वाजानिक गरेको बयानहरु अमेरिकाका लागि स्वीकार्य छैन ।’
केही समय पहिले जेलेन्स्कीले अमेरिकालाई मनाउने बताउँदै आएका थियौं । ट्रम्पले शान्तिका लागि तयार नभइ उनले युद्धका लागि उक्साएको आरोप लगाए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij