Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

कांग्रेस सभापति देउवा भारत जाँदै

कांग्रेस सभापति देउवा भारत जाँदै

  • काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भोलि (बिहीबार) भारत जाँदैछन् । उत्तर प्रदेशको प्रयागराजमा हुने कुम्भ ग्लोबल समिट अन डेभलमेन्ट एण्ड सस्टेनेबिलिटीमा सहभागी हुन देउवा त्यसतर्फ जान लागेका हुन् ।

    images
    images
    images

    सो कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुनेछन् । साथै, विभिन्न देशका राजनीतिज्ञहरु पनि उक्त कार्यक्रममा सरिक हुनेछन् ।

    देउवाले महाकुम्भमा स्नान गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यसपछि उनी त्यहाँबाटै नयाँ दिल्लीतर्फ जाने उच्च स्रोतले बताएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारतसँग सम्बन्ध चिसिएको बेलामा देउवा दिल्ली जाने तयारीलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij