
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
अहिले सघन उपचार कक्षमा उपचार जारी रहेको र हिजोभन्दा आज अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
ड्रेसिङ भए पनि घाउको अवस्थाका बारेमा अद्यावधिक गरिने र अहिले अवस्था सामान्य भए पनि संक्रमण हुने भएकाले पूर्ण रूपमा भेटघाट बन्द गरिएको चिकित्सकहरूले जनाएका छन् ।
उपचारमा प्रा. डा. प्रवीण गिरी लगायत सघन उपचार कक्षको टोली संलग्न छ । यस्तै, प्रा.डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादव लगायत जलन विशेषज्ञको टोली, डा. प्रयुस अर्याल लगायत आकस्मिक उपचार टोली र रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ टोली पनि उपचारमा संलग्न छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij