Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

कोशी प्रदेशसभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल

कोशी प्रदेशसभामा दुई विधेयकमाथि सैद्धान्तिक छलफल

  • काठमाडौं । कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाई सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफल सकिएको छ ।

    images
    images
    images

    सैद्धान्तिक छलफलका क्रममा उठेका विषयमा खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले यो विधेयक पारित भएमा आमनागरिकलाई सुरक्षित, दिगो, व्यवस्थित एवं सर्वसुलभ तरिकाले खानेपानीको प्रबन्ध हुने बताए । यसबाट सेवा चुस्त र खानेपानीे व्यवस्थापनसहित नियमन गर्न सहज हुनुका साथै पानीको स्रोतमाथिको अधिकार र मुहान सुरक्षित हुने जानकारी गराए ।

    यसैगरी, ‘प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’माथिको सैद्धान्तिक छलफल समाप्तिसँगै भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले मन्त्री र मन्त्रालयको दृष्टिले मात्र ऐन समृद्ध नहुने भएकाले सदनमा छलफल गरिएको बताए ।

    मापदण्डविपरीत बनेका भवनलाई सबलीकरण गरी मापदण्डभित्र पार्न ऐनमा व्यवस्था भएको बताउँदै उनले सार्वजनिक भवन महिला, बालबालिका, आपङ्गता र ज्येष्ठ नागरिकमैत्री हुने धारणा राखे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij