
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका पुगेका छन् । भारत र अमेरिकाबीच एक व्यापक विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न आफू उत्साहित रहेको मोदीले बताएका छन् ।
‘म केही समयअघि वाशिंगटन डीसी पुगेको थिएँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्ने कार्यक्रम छ । यसका लागि उत्साहित छु,’ अमेरिका पुगपछि उनले इन्स्टाग्राममा लेखेका छन्, ‘भारत र अमेरिकाबीच एक व्यापक विश्वव्यापी रणनीतिक साझेदारी निर्माण गर्न पनि उत्साहित छु । दुवै देशले हाम्रा जनताको राम्रो भविष्यका लागि सँगै काम गरिरहने छन् ।’
ट्रम्पलाई भेट्नुअघि उनले अमेरिकी गुप्तचर प्रमुख तुलसी गब्बार्डलाई भेटेका थिए । ट्रम्प र मोदीबीचको भेटमा व्यापार, लगानी, ऊर्जा, रक्षा, प्रविधि र आप्रवासन जस्ता विषयमा वार्ता हुने सम्भावना छ । यसबाहेक, दुई नेताहरूबीच ट्यारिफको बारेमा पनि वार्ता हुन सक्ने बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij