
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेकपा विभाजनपछि आफ्नो समूहको भेला बैठकमा सक्रिय प्रधानमन्त्री केपी शर्मा ओली आइतबार ‘अपाङ्गता भएका व्यक्तिहरुको समस्या र सबाल’ साक्षात्कार कार्यक्रममा सहभागी भए ।
झण्डै आधा घण्टा सम्बोधन गरेका उनले पहिले अपाङ्गता हुनु भयावह भएपनि अहिले सरकार साथमा रहेको बताए । तालिम दिएर स्वरोजगार बनाउन सरकारका साथै अनेक संघ संस्थाले सहयोग गर्ने उनले बताए ।
सम्बोधनका क्रमा प्रधानमन्त्री ओलीले आफू पनि अलिअलि अपाङ्गता भएको व्यक्ति भएको बताए । अपाङ्गता भएर पनि अरुलाई जगाउनेहरु जोन हकिङ, झमक घिमिरे लगायतको चर्चा गर्दै उनले भने, ‘उदयमान कलाकारहरु हुनुहुन्छ, जस्तो सजल बम । यस्तो थुप्रो साथीहरु हुनुहुन्छ ।’
शारीरिक रुपमा अशक्तता भएकाहरुले देश विकासमा काम गर्नसक्ने उनले बताए । अपाङ्गता भएर पनि समाजसेवाका साथै हामी केही गर्न सक्छौं भनेर अरुमा आत्मविश्वास जगाउने र बाटो देखाउने काम गरेको भन्दै प्रशंसा गरे ।
‘म पनि थोरैथोरै अपाङ्गता भएको मान्छे हुँ । मेरो पनि किड्नी फेल भएपछि अर्को जोडेर राखेको छु । म पनि अर्को किड्नीको ह्विलचियर चढेर हिँडेको मान्छे हुँ । त्यो पनि फेल भयो । फेरि अर्को किड्नीको बैशाखी टेकेर हिँडेको छु,’ उनले अघि भने, ‘आँखामा मैले चश्मा किन लगाएको रु यदि लगाइन भने पढ्न सक्दिनँ । त्यो पनि अपाङ्गता नै हो ।’
किड्नी फेरेर पनि बाँच्न सकिन्छ, काम गर्न सकिन्छ भन्ने आत्मविश्वास आफूले देखाएको उनले बताए । उनले अघि भने, ‘शायद यो पनि विश्व रेकर्ड नै होला, दुइटा किड्नी फेरेको कोही प्रधानमन्त्री छैन होला ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij