
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल विद्यार्थी संघले सामाजिक सञ्जाल विधेयकमा रहेका प्रावधानमाथि विरोध जनाउदै काठमाडौंमा प्रदर्शन गरेको छ ।
नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई नै हनन गर्ने गरी सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक ल्याएको भन्दै नेविसंघले बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेको हो । विधार्थीले टाउको र हातमा पट्टी बाधेर विधेयकविरुद्ध सांकेतिक विरोध जनाएका थिए ।
प्रदर्शनमा सहभागीले नियमन चाहिएको हो, नियन्त्रण होइन, स्वतन्त्रताको सुरक्षा अभिव्यक्तिको अधिकार, प्रश्नसंग डराएको सरकार, कांग्रेसको एक तारा हराएको सूचना लगाएत लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । सरकारले जनताको अधिकार खोस्ने गरि विधेयक ल्याएकाले त्यसका बिरुद्ध प्रदर्शन गर्नुपरेको नेविसंघका नेता सुशान्त आचार्यले बताए ।
सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको भन्दै प्रदर्शन गरिएको नेविसंघले जनाएको छ । विधेयक नसच्चाएसम्म आन्दोलन जारी रहने नेविसंघको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij