
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले ठमेलमा ड्युटीमा रहेका सुरक्षाकर्मी कुटिएको घटनामा संसदीय छानबिन गर्न चुनौती दिएको छ । अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै संगठनलाई जोडेर बदनाम गर्न खोजिएको भन्दै सम्बन्धित निकायलाई निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन अनुरोध गरेका छन् ।
विज्ञप्तिमा संसद्मा अनेरास्ववियु र सदस्यमाथि आशंका उब्जाउने गरी अनर्गल प्रचार गरिएको भन्दै ती सांसदलाई संसदीय समिति गठन गरी सत्यतथ्य अध्ययन गर्न चुनौती दिइएको छ । उनले घटनामा संलग्न जो सुकै भए पनि कानुनी प्रक्रियाबाट कारबाही हुनुपर्नेमा संगठन स्पष्ट रहेको अध्यक्ष बडालको भनाई छ ।
माघ २६ गते दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टीम (क्यूआरटी) को टोलीमाथि आक्रमण भएको थियो । आइतबार मात्रै प्रहरीमाथि आक्रमण गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij