
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सुमेरु ग्रुपको सहयोगमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले पल्सर स्पोर्ट्स अवार्ड– २०७६ अन्तर्गत वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड विजेता नवीनकुमार श्रेष्ठ र स्पेसल अवार्ड विजेता आयशा शाक्यलाई सम्मान गरेको छ । नवनियुक्त युवा तथा खेलकुद मन्त्री दावा तामाङ तामाङको स्वागतमा आयोजित कार्यक्रम दुवैलाई सम्मान गरिएको हो । बागमती प्रदेशका अध्यक्ष केशव पुरीले खेलकुद मन्त्री तामाङलाई कार्यकाल सफलताका लागि शुभकामना दिदै प्रशंसा पत्र प्रदान गरे ।
सुमेरुका अध्यक्ष महर्जनले १४ औं सागमा स्वर्ण जित्ने खेलाडीलाई २ लाख नगद पुरस्कार उपलब्ध गराउने प्रतिबद्धता जनाए । कार्यक्रममा सेकेन्ड क्लास रेफ्रीमा उत्तीर्ण हुन सफल पुम्सेका नोर्बु लामा र ग्योरोगीका रविन्द्र मल्ललाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij