
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली काङ्ग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेका हुन् ।
आकस्मिक र शून्य समय सकिएपछि खतिवडालाई बोल्न दिएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए । उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिइन् । तर, माओवादी र रास्वपा सांसदहरूले अवरोध गरिरहे ।
त्यसपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij