
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले काठमाडौं महानगरले कवाडी व्यवसायीमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले आइतबार टेकुस्थित कवाडी गोदाम भत्काउन पुगेको काठमाडौं महानगरको प्रहरी टोलीले व्यवसायीमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएका हुन् ।
उनले काठमाडौं महानगरका मेयर बालेन्द्र साहलाई कवाडी गोदाम मात्र नभएर सिंहदरबार भत्काउन पनि च्यालेन्ज दिएका छन् ।
उनले भने, ‘बालेनलाई च्यालेन्ज गर्छु हिम्मत छ भने संसद भवन भत्काएर देखाऊ, हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ, हिम्मत छ भने सर्वोच्च अदालत, बालुवाटार र शीतल निवास भत्काएर देखाऊ। यो नाजीवाद मेयरको चल्दैन ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij