
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक सुरू भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरू भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०८०/०८१ पेश गर्ने कार्यसूची छ ।
यसैगरी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक,२०८०माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
बैठकमा अर्थमन्त्री पौडेलले सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक,२०८१ लाईद पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij