
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको स्वास्थ्यमा समस्या देखिएको छ । आफू अस्वस्थ रहेको र आज कार्यक्रम तथा बैठकमा उपस्थित हुन नसक्ने उनले बताएकी छन् ।
‘हिजो देखि स्वास्थ्यमा समस्या देखिएको कारण मन्त्रालय, आजका सबै बैठक र कार्यक्रममा उपस्थित हुन नसक्ने व्यहोरा जानकारी गराउन चाहन्छु । असमर्थताको लागि क्षमाप्रार्थी छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।
चिकित्सककको सल्लाहअनुसार मन्त्री भट्टराई निवासमै आरम गरिरहेको उनको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij