
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । काठमाडौँ विश्वविद्यालयअन्तर्गत कानून पढाइ हुने ‘केयू स्कुल अफ ल’ मा अध्ययनरत विद्यार्थीहरूले काङ्गेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरूले आफूलाई धम्काएको आरोप लगाएका छन् ।
नेविसंघका सदस्यहरू प्रशासनको अनुमति बिना नै क्याम्पसभित्र प्रवेश गरी कक्षा कोठासम्म पुगेर अध्ययन गरिरहेका विद्यार्थीहरूलाई बाहिर बोलाएर धम्काएको आरोप उनीहरूको छ । काठमाडौं विश्वविद्यालयको स्कूल अफ ल मा अध्यनरत बिधार्थी अंकित झाले आफूलाई ज्यान मार्ने धम्कीसमेत आएको बताएका छन् । “हामी कक्षामा अध्ययन गरिरहेका थियौँ । अचानक केही व्यक्तिहरू आएर मलाई बाहिर बोलाउन थाले । जब मैले अस्वीकार गरेँ, उनीहरूले ज्यान मार्ने धम्की दिए ।,” झाले भने ।
यद्यपि, हालसम्म विश्वविद्यालय प्रशासनले घटनाबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij