
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अर्को कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यो आदेशले ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा प्रतिस्पर्धा गर्नबाट रोक्छ ।
यो आदेशले खेलकुदमा निष्पक्षता पुनर्स्थापित गर्ने रिपब्लिकन नेताहरूले बताएका छन् । तर एलजीबीटी समर्थक र मानव अधिकार सङ्गठनहरूले यो कदमलाई भेदभावपूर्ण भनेका छन् ।
एनसीएएको पूरा अर्थ राष्ट्रिय कलेजिएट एथलेटिक संघ हो । यसले अमेरिकामा अन्तरकलेज एथलेटिक्सलाई नियन्त्रण गर्छ । ‘पुरुषलाई महिलाहरूसँग प्रतिस्पर्धा गर्न कहिल्यै अनुमति दिइनु हुँदैनथ्यो, महिला खेलकुद बचाउने राष्ट्रपतिको रूपमा म गौरवान्वित छु ।’ उनले लेखेका छन् । अमेरिकी जनता र विश्वभर लोकप्रिय ओलम्पिक समितिले पनि सामान्य ज्ञान प्रयोग गरेर यो नीति लागू गर्ने आशा आफूले गरेको पनि उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij