
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । चितवन जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
साहारा सहकारीको रकम ठगी मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा रिहा भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij