
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । मातृभूमि जागरण अभियानका अभियन्ता पूर्वउपप्रधानमन्त्री भीम रावलले २६ माघमा धनगढीमा जागरण भेला गर्ने भएका छन् ।
आज धनगढीमा पत्रकार सम्मेलन गर्दै नेकपा एमालेबाट निष्कासित नेता रावलले कञ्चनपुर र कैलाली केन्द्रित जागरण भेला आयोजना गर्ने बताएका हुन् ।
उनले भेलामा उपस्थित हुन सबैलाई आग्रह गरेका छन् । ‘कैलाली र कञ्चनपुरको जागरण भेला शनिबार गर्दै छौ। भेलामा जुनसुकै दलमा आबद्ध रहेका देशभक्त नागरिकहरूलाई उपस्थितिको लागि हार्दिक आह्वान गर्दछु,’ उनले भने ।
मातृभूमि जागरण अभियानलाई सशक्त वैकल्पिक शक्तिको रूपमा निर्माण गरिने उनको भनाइ छ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशको विरोध जनाएका छन् । ओली निरङ्कुश र स्वेच्छाचारी भएको आरोप लगाउँदै अध्यादेश गलत बाटोबाट ल्याइएको उनको तर्क छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij