Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

ठेकेदारको लापरवाहीका कारण कामदारले पाएनन् १९ लाख ज्याला

ठेकेदारको लापरवाहीका कारण कामदारले पाएनन् १९ लाख ज्याला

  • सिमकोट । पुल निर्माणमा खटिएका कामदारले ज्याला नपाएको गुनासो गरेका छन् । विसं २०७६ भदौ २७ गतेदेखि नियमित काममा खटिएका कामदारले हालसम्म पनि ज्याला नपाएको गुनासो गरेका हुन् । हुम्लाको सिमकोट गाउँपालिका–७ र नाम्खा गाउँपालिका–१ मा पर्ने हेप्का खोलाको पुल निर्माणका लागि जिल्ला बाहिरबाट आएका कामदारले डेड वर्षदेखि काम गर्दा पनि ज्याला नपाएको गुनासो गरेका छन् । 

    images
    images
    images

    हिल्सा सिमकोट सडकखण्डअन्तर्गतको हेप्का खोला पुल निर्माण गर्ने कार्य तीव्ररुपमा सञ्चालन भइरहेको भए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म काम गरेको करीब रु १९ लाख रकम नपाएको कामदारमा खटिएका टोली नेता खुसीराम थारुले गुनासो गर्नुभयो । 

    images

    हेप्का खोलाको पुल निर्माण गर्ने क्रममा कामदारलाई पहिलो पटक पेश्कीस्वरुप रकम दिने भनिए पनि ठेकेदारको लापरवाहीका कारण हालसम्म पनि सो रकम नपाएपछि कामदारले उक्त ठाउँमा रहेका होटल तथा पसलेसँग ऋण सापट गरेर जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो ।
        
    पुलमा काम गर्ने १२ कामदार कैलालीका रहेका छन् । थारुले भन्नुभयो, “पटकपटक ठेकेदार र हिल्सा सिमकोट सडक योजना कार्यालयलाई हारगुहार गर्दासमेत कुनै सुनुवाइ भएन, हामी जिल्ला बाहिरका नागरिक भएका कारण हेपा प्रवृति भएको छ ।” उक्त निर्माणधीन पुल २५ मिटर लम्वाइ, १४।३३ मिटर उचाइ र आठ मिटर चौडाइ रहेको छ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij