Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

भिरबाट खसेर वडा सदस्यको मृत्यु

भिरबाट खसेर वडा सदस्यको मृत्यु

  • खोटाङ । खोटाङ साकेला-२ रतन्छा बस्ने सोही वडाका वडा सदस्य ५७ बर्षीय रत्न प्रसाद फुयलको भिरबाट लडेर मृत्यु भएको छ ।

    images
    images
    images

    शनिवार साँझ आफ्नो घरबाट साकेला-२ मबुस्थित भाईको घरमा धामी बस्नका लागि जाँदै गरेको अवस्थामा एक्कासी खहरे खोलाको भिरबाट लडेर मृत्यु भएको हो ।

    उनका आफन्तहरुले प्रहरीलाई दिएको जानकारी अनुसार उनी अन्दाजी ३ सय मिटर तल खस्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो ।

    मृतक फुयल २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचनमा तत्कालिन नेकपा माओबादीबाट निर्वाचित भएका थिए ।

    घटनाको जानकारी पाउनसाथ प्रहरी टोली घटनास्थलतर्फ गई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij