Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

केजरीवालविरूद्ध मुद्दा चलाउन अनुमति

केजरीवालविरूद्ध मुद्दा चलाउन अनुमति

  • काठमाडौं । दिल्ली विधानसभाको चुनाव नजिकिँदै गर्दा भारतको केन्द्रीय गृह मन्त्रालयले दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालविरुद्ध ‘मनी लाउन्डरिङ’ (सम्पत्ति शुद्धीकरण)को मुद्दा चलाउन प्रवर्तन निर्देशनालय (ईडी)लाई अनुमति दिएको छ ।

    images
    images
    images

    दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले केजरीवालमाथि मुद्दा चलाउन अनुमति दिएको केही दिनपछि गृह मन्त्रालयले पनि स्वीकृति दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    अगस्ट २०२४ मा सीबीआईले अन्तःशुल्क नीतिसँग जोडिएको समानान्तर भ्रष्टाचार अनुसन्धानको सम्बन्धमा केजरीवालमाथि मुद्दा चलाउने अधिकार पनि प्राप्त गरेको थियो ।

    दिल्लीमा आउने फेब्रुअरी ५ मा विधानसभा चुनाव हुँदैछ । त्यसको २० दिनअघि गृह मन्त्रालयले केजरीवालविरुद्ध मुद्दा चलाउन स्वीकृत दिएको हो ।

    आम आदमी पार्टीले भने गृह मन्त्रालयको निर्णयको विरोध गरेको छ । पार्टीकी प्रवक्ता प्रियङ्का कक्कडले झुटा मुद्दा दायर गरेर आम आदमी पार्टीका नेताहरूलाई बदनाम गर्ने प्रयासलाई निरन्तरता दिइएको बताएकी छन् ।

    सेप्टेम्बर २०२४ मा सर्वोच्च अदालतले केजरीवाललाई जमानत दिएको थियो । त्यसको केही समयपछि उनले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिए र वरिष्ठ आप नेता आतिशीले पदभार ग्रहण गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij