Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

उमागौरी सहकारी प्रकरणमा मुछिएकी अन्जला अदालतमा हाजिर

उमागौरी सहकारी प्रकरणमा मुछिएकी अन्जला अदालतमा हाजिर

  • काठमाडौं । सहकारीको रकम हिनामिना आरोप लागेकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला बुधबार अदालतमा हाजिर भएकी छन् । मोरङको धनपालथानमा रहेको उमा गौरी कृषि सहकारीमा पूर्वसञ्चालक सदस्य रहेकी उनीविरुद्ध थुनछेक बहसको तयारी छ ।

    images
    images
    images

    उक्त सहकारीको रकम अपचनमा मुछिएकी कोइरालालाई अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसपछि उनी फरार थिइन् ।

    सहकारीका अध्यक्ष शम्भु रौनियार, अन्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास भने ५ लाख रूपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।

    सोही प्रकरणमा नाम जोडिएकी कोइराला भने बुधबार बिहान अदालत खुल्ने बितिक्कै हाजिर भएकी हुन् ।

    ‘उहाँ हाजिर हुनुभएको छ, अब थुनछेक बहस सुरु हुन्छ’, अदालत स्रोतले भन्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij