
Apr 02 2025 | २०८१, चैत २० गते
न्यूयोर्क : अन्तरिक्षमा एउटा विशाल जलाशय फेला परेको छ । यसको आकार पृथ्वीमा रहेका महासागरहरू भन्दा १४० खर्ब गुणा ठुलो भएको बताइएको छ। यो जलाशय सुपरम्यासिभ ब्ल्याक होलको नजिक छ ।
यो ब्ल्याक होल हाम्रो सूर्यभन्दा करिब २० अर्ब गुणा ठुलो भएको बताइएको छ । क्यालिफोर्नियाको पासाडेनामा रहेको नासाको जेट प्रोपल्सन प्रयोगशालाको टोलीले यो रहस्य पत्ता लगाएको हो । वैज्ञानिकहरूका अनुसार यो जलाशय ब्रह्माण्डमा १२ अर्ब प्रकाश वर्षको दुरीमा छ ।
यो जलाशय ब्रह्माण्डको उद्गम भएको केही समय पछिदेखि नै यहाँ रहेको अनुमान गरिएको छ । यसको वरिपरि एक खगोलीय पिन्ड ९क्वासर० छ । यो पिन्डले हजारौँ ट्रिलियन सूर्यको बराबर ऊर्जा निकाल्छ । खगोलविद्हरूका अनुसार यो ब्रह्माण्डमा अहिलेसम्म पहिचान गरिएको सबैभन्दा दुर्गम र सबैभन्दा ठुलो पानीको भण्डारको घर हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij