Logo

Jun 09 2026 | २०८३, जेठ २६ गते

Jun 09 2026 | २०८३, जेठ २६ गते

न्युजिल्यान्डमा आँधीको कारण सयौँ विस्थापित

न्युजिल्यान्डमा आँधीको कारण सयौँ विस्थापित

  • काठमाडौं । न्यूजील्याण्डको राजधानी, वेलिंगटनमा तीव्र हावाको साथमा आएको आँधीको कारण प्रभावित तटीय क्षेत्रका घरका सयौं बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको जनाइएको छ । यहाँ यातायात लगायतका सेवाहरुमा अझै अवरोध कायम रहेको जनाइएको छ । वेलिङ्गटनका मेयर एन्ड्र्यू लिटिलले खतरा उच्च छाल र तीव्र हावाको मौसमी चेतावनीको सुझाव दिदै ओविहिरो बे, आइल्यान्ड बे, हग्टन बे र ब्रेकर बे लगायतका तटीय क्षेत्रमा स्थानीय आपतकालको घोषणा गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    न्युजिल्यान्डको मौसम विज्ञान विभागले लगभग ११ मिटर उचाइमा पुग्ने छालहरूले वेलिङ्गटनको हार्बरमा प्रहार गरेको रिपोर्ट गरेको छ भने आइल्यान्ड बेले तीव्र हावा र छालहरू तटीय सडकहरूमा फैलिएको जनाएको छ । मौसमी जोखिमले यातायातमा पनि बाधा पुगेको र १२८ किलोमिटर प्रति घन्टाको गतिमा हावा आउदा वेलिङ्गटन एयरपोर्ट जाने धेरै उडानहरू रद्द गरिएको जनाइएको छ ।

    AGNI GROUP

    विभागले दक्षिण प्रशान्त र न्युजिल्यान्डको दक्षिणमा न्यून चापीय प्रणाली र शक्तिशाली आँधीका कारण तिव्र छालहरू आएको बताएको छ । न्यूजजिल्यान्डको मेटसर्विसले यो मौसमको घटना सोमबार फिलिपिन्समा आएको भूकम्पसहित कुनै पनि भूकम्पीय गतिविधि वा सुनामीसँग सम्बन्धित नभएको पुष्टि गरेको छ । चेतावनी र सावधानीका उपायहरू उच्च छाल र तीव्र हावाको पूर्वानुमान गर्ने मौसम पूर्वानुमानमा आधारित रहेर गरिएको उल्लेख गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij