Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

मस्कोमा भएको विस्फोटमा रुसी जनरलसहित दुई जनाको मृत्यु

मस्कोमा भएको विस्फोटमा रुसी जनरलसहित दुई जनाको मृत्यु

  • काठमाडौं । रुसको राजधानी मस्कोमा भएको बम विष्फोटमा रुसी सेनाका एक जनरल तहकाका सैनिक अधिकृतको मृत्यु भएको छ ।

    घटना मंगलबार भएको बताइएको छ । रसियाको अनुसन्धान समितिले विस्फोटमा मारिएका सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ न्यूक्लियर बायोलोजिकल केमिकल डिफेन्स फोर्समा तैनाथ रहेको बताएको छ ।

    स्कुटरमा लुकाइएको यन्त्र विस्फोट हुँदा यो घटना भएको हो । यस घटनामा किरिलोभका एक सहायकको पनि मृत्यु भएको अनुसन्धान समितिले जनाएको छ ।

    अक्टोबरमा बेलायतले युक्रेनविरुद्धको युद्धमा रासायनिक हतियारको प्रयोगलाई बेवास्ता गरेको भन्दै किरिलोभमाथि प्रतिबन्ध लगाएको थियो ।

    बेलायतले पनि किरिलोभ ‘क्रेमलिनको मुखपत्र’ बनेको आरोप लगाएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij