
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । पुस महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आज सार्वजनिक गरेको ब्याजदरमा पुसका लागि २० वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर स्थिर राखेका छन् भने ३ बैंकले बढाएका छन् । त्यस्तै, ३ बैंकले आफ्नो नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेका छन् ।
पुसमा ब्याजदर घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले रहेका छन् भने कृषि विकास बैंक, एनएमबि बैंक प्राइम बैंकले ब्याजदर बढाएका छन् । बाँकी १४ बैंकले आफ्नो ब्याजदर स्थिर राखेका छन् ।
नेपाल बैंकले ० दशमलव ३५ प्रतिशत, सानिमा बैंकले ० दशमलव १ प्रतिशत र एनआईसी एशिया बैंकले ० दशमलव १९ प्रतिशत ब्याजदर घटाएका छन् । साथै, कृषि विकास बैंकले ० दशमलव ०३ प्रतिशत, प्राइम बैंकले ० दशमलव ५ प्रतिशत र एनएमबि बैंकले १ दशमलव ०३ प्रतिशत ब्याजदर बढाएका छन् ।
विशेष गरी, कर्जा प्रवाहमा संकुचन आएको भन्दै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आफ्नो ब्याजदर घटाउँदै आइरहेका छन् । हाल बैंक तथा वित्तीय क्षेत्रमा थुप्रिएको अधिक तरलता, नीतिगत दर र ब्याजदर करिडोर घटाइनु जस्ता कारणले पनि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको देखिन्छ ।
फेरी, यता ब्याजदर घट्दा कर्जा लिनेहरूलाई फाइदा भए पनि रकम बचत गर्नेहरूले घाटा बेहोर्नुपर्ने हुन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij