Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

साउथ अभिनेत्री कीर्ति सुरेशले कसिन लगनगाठो !

साउथ अभिनेत्री कीर्ति सुरेशले कसिन लगनगाठो !

  • काठमाडौं । साउथ अभिनेत्री कीर्ति सुरेशले प्रेमी एन्टोनी थिटिलसँग विवाह गरेकी छन् । दुबैले बिहीबार गोवामा तमिल रितीरिवाज अनुसार विवाह गरेका हुन् । मिडिया रिपोर्टअनुसार यो जोडी विगत १५ वर्षदेखि एकअर्कालाई डेट गर्दै थिए ।

    कीर्तिले आफ्नो विवाहको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जसमा दुलही कीर्ति निकै सुन्दर देखिएकी छिन् ।

    इटाइम्सरिपोर्ट अनुसार थाटिल एक व्यापारी हुन्, जो दुबई र कोची, केरलामा काम गर्दछन् । उनको गृहनगरमा धेरै रिसोर्टहरू पनि छन् । यति मात्र होइन, कीर्तिको गृहनगरमा धेरै व्यवसाय पनि छन् ।

    कीर्ति सुरेशले सन् २००० मा बाल कलाकारका रूपमा आफ्नो अभिनय करियर सुरु गरेकी थिइन् । त्यसपछि सन् २०१३ मा उनले मलयालम फिल्म गीताञ्जली बाट मुख्य अभिनेत्रीको रूपमा डेब्यू गरिन् । यस फिल्मका लागि उनले सिमा अवार्डमा बेस्ट डेब्यू अवार्ड पनि प्राप्त गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij