
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।
आज छापावाल सुन प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ । आज सुन १ लाख ५३ हजार रुपैयाँका कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
बिहीबार १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घरेको छ । चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो । आज १ हजार ८६० मा कारोबार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij