
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । काठमाडौंको आज न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस छ । यो तापक्रम यो वर्षको आजसम्मको न्यून हो । यद्यपि, योभन्दा पनि कम तापक्रम हुने सम्भावना छ ।
बिहान ५:४५ बजे ३.४ डिग्री सेल्सियस देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे थप घटेर ३.१ डिग्री सेल्सियसमा झरेको हो ।
मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार उक्त तापक्रम काठमाडौँका लागि यो वर्षको अहिलेसम्मकै कम हो । आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७ अर्थात् -७ डिग्री सेल्सियस छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij