Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

  • काठमाडौं । रुपन्देहीमा १८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

    images
    images
    images

    रुपन्देही साविक सिलौटिया गाविस- ६ हाल मर्चवारी गाउँपालिका- ५ लक्ष्मीपुर बस्ने खड्ग भन्ने पुजारी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

    २०६४ असार १२ गते अदालतले यादवलाई कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजायको फैसला सुनाएको थियो । यादवलाई इलाका प्रहरी कार्यालय मर्चवार रुपन्देहीबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो ।

    उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय रुपन्देही चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवीन पौडेलले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij