Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २३ देशका ५३ चलचित्र देखाइने

मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा २३ देशका ५३ चलचित्र देखाइने

  • काठमाडौँ ।  यही मङ्सिर २४ देखि २७ गतेसम्म आयोजना हुने ‘१२औँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा नेपालसहित २३ देशका ५३ चलचित्र छनोट भएका छन् । 

    सोमबारदेखि चल्ने महोत्सवमा मानव अधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठी पनि आयोजना गरिने नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र केन्द्रका अध्यक्ष एवं महोत्सवका निर्देशक पाण्डव खत्रीले जानकारी दिनुभयो ।

    “यसपटकको संस्करणमा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त चलचित्रसमेत सहभागी हुनेछन्, मानव अधिकारसँग सम्बन्धित चलचित्रहरुको प्रवद्र्धन र प्रदर्शनका लागि नियमित रुपमा महोत्सव गर्दै आएको छौँ”, निर्देशक खत्रीले भन्नुभयो ।

    महोत्सवमा कान्स र बर्लिनजस्ता विश्वचर्चित चलचित्र महोत्सवमा पुरस्कृत चलचित्रहरु ‘अल वी इमाजिन एज लाईट’, ‘द म्यान हु कुडनट रिमेन्न साइलेन्स’, ‘एन आउटरन’, ‘अनार दाना’ लगायतको सहभागिताले महोत्सवको रौनकता बढाएको महोत्सव निर्देशक खत्रीले बताउनुभयो ।

    महोत्सवको सुरुआत सोमबार कान्समा पुरस्कृत लघु चलचित्र ‘द म्यान हु कुडनट रिमेन साइलेन्ट’ हुनेछ । उहाँले महोत्सवअन्तर्गत ‘को–प्रडक्सन, ल्यान्डस्केपः लोकल स्टोरिज फर ग्लोबल अडियन्स’ विषयमा मास्टरक्लास दिइने समेत बताउनुभयो । 

    नेपालसहित पाकिस्तान, बङ्गलादेश, भारतलगायत देशका चलचित्रकर्मिको सहभागिता रहने महोत्सव आगामी चार दिनसम्म काठमाडौँको चलचित्र विकास बोर्डको सभाहल र नेपाल पर्यटन बोर्डको सभाहलमा सञ्चालन हुनेछ । 
    सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले महोत्सवको आयोजना गर्दै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij