
Apr 02 2025 | २०८१, चैत २० गते
काठमाडौं । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भूटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्किएका छन् ।
उनलाई परराष्ट्र मन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरिन् ।
आज बिहान काठमाडौं आएका भूटानी नरेश वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौँ आएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij