
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ९ दशमलव ९९ अंकले घटेर २७३८ दशमलव ०६ को विन्दुमा पुगेको छ ।
आइतबार ३१४ कम्पनीको ८२ हजार ६०२ पटकको कारोबारमा एक करोड ६७ लाख ६७ हजार १६८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँ रहेको छ ।
६३ कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटाको घटेको छ भने ३ कम्पनी को मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ३ वटा बढ्दा बाँकी राताम्मे छन् । आज एक्सल विकास बैंकमा लगानीकर्ता झुम्मिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij