Logo

Apr 01 2025 | २०८१, चैत १९ गते

Apr 01 2025 | २०८१, चैत १९ गते

बढ्यो पेट्रोलको मूल्य

बढ्यो पेट्रोलको मूल्य

  • काठमाडौं  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

    निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर रू एकले बढाएको छ ।

    बढेको मूल्यअनुसार, पहिलो वर्गमा पेट्रोल प्रतिलिटर एक सय ५७ रूपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५९ पैयाँ र तेस्रो वर्गमा एक सय ६० रूपैयाँ तोकिएको छ ।

    पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ छन् भने तेस्रो वर्गमा काठमाडौँ, पोखरा र दिपायललगायतका स्थान छन् ।

    निगमले हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलो लिटर अमेरिकी डलर १५ का दरले वृद्धि गरेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रू दुईका दरले वृद्धि गरिएको निमगले जनाएको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर १४ रूपैयाँ ४९ पैसाले वृद्धि भएको भए पनि आम उपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij