Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

खाद्यान्नमा मिसावटका अभियोगमा व्यापारीविरुद्ध मुद्दा

  • काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा ती व्यवसायीविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२–८३ को हालसम्ममा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको छ । ‘कैफियतका आधारमा सरकारी वकिल कार्यालयहरूसँग समन्वय गरी मुद्दाको अनुसन्धान गरिरहेका छौँ,’ उनले भनिन्, ‘जेन्जी आन्दोलनका कारण अदालतमा मुद्दा दर्ता हुनसकेको छैन, अब केही दिनभित्रै हामी मुद्दा दायर गर्छौँ ।’ कार्यालयले अघिल्लो आव २०८१–८२ मा ४४ व्यापारीविरुद्ध मुद्दा दायर गरेको थियो ।

    AGNI GROUP

    अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाका जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रमुख पोखरेलले जानकारी दिइन् । आव २०८२–८३ को हालसम्म कार्यालयले २ सय ४५ नमूना विश्लेषण गर्दा २ सय खानयोग्य र पाँचवटा होल्डमा राखिएको प्रमुख पोखरेलले बताइन् ।

    यो अवधिमा ३ सय ६५ नमूना परीक्षण गर्दा १६ नमूना प्रतिकूल देखिएकाले नियमानुसार कानूनी प्रक्रिया अघि बढाउने, पुनः जाँच गराई मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख पोखरेलको भनाइ छ ।

    यो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेकालगायत अखाद्य भएका एक लाख दुई हजार २ सय ६५ मूल्यबराबरको ३ सय ११ किलो वस्तु जफत गरी नष्ट गरिएको प्रमुख पोखरेलको भनाइ छ ।

    हालसम्म १ सय २१ खाद्यान्न बजार, १ सय खाद्य तथा दाना उद्योग र ५६ वटा होटल तथा रेष्टुराँको निरीक्षण अनुगमन गरिएको जनाएको छ । कार्यालयले चालु आव २०८२–८३ को हालसम्म विभिन्न शीर्षकमा १० लाख चार हजार ३ सय ७० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट