
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । फर्जि कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको मुद्दामा प्रतिवादी कायम गरिएका नरबिर खड्कासहित ९ अध्यागमन अधिकृतहरूले सफाइ पाएका छन् ।
सफाइ पाउनेमा अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लेनेदन गरेको आरोप लागेको थियो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राम प्रसाद शर्माले उनीहरूलाई सफाइ दिएका हुन् । लिखत किर्ते तथा संगठित अपराध सम्बन्धी कसुरमा ४ जनालाई कसुरदार कायम गर्ने निर्णय भएको छ । गिता शाह, अरुण दाहाल, सरोज कुमार यादव र गणेश पाण्डेलाई कसुरदार कायम गरिएको काठमाडौँ जिल्ला अदालतका एकजना अधिकृतले जानकारी दिनुयो ।
न्यायाधीश शर्माले उनीहरूको हकमा सजाय निर्धारणका लागि पेस गर्न आदेश गरेका छन् । सरोज कुमार यादव ट्राभल सञ्चालक हुन् । अरुण दाहाल बिचौलिया हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij