
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आईइएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पेमार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।
यस सुविधामार्फत प्रयोगकर्ताहरुले आइएमई पे एप मार्फत आफ्नो आईइएलटीएस परिक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन् ।
प्रयोगकर्ताहरुले आईईएलटीएस को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस, यूकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल ए वान/ए टु, बी टु को निम्ती भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन् ।
सिमित अवधिको लागि आइएमई पे एपबाट आईइएलटीएस टेस्टको शुल्क भुक्तानीमा १००० रुपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सकिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij