Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

एक जना यात्री लिएर बुद्ध एयर उडेपछि…

एक जना यात्री लिएर बुद्ध एयर उडेपछि…

  • काठमाडौं । भरतपुरबाट बुद्ध एयरले एक्लो यात्री बोकेर काठमाडौँ आएको छ । त्यो उडानका यात्री थिए चितवन मेडिकल कलेजमा कार्यरत चिकित्सक देव जैसी।

    images
    images
    images

    बुद्ध एयरले जनाएअनुसार जैसीको १४ नोभेम्बरमा भरतपुरबाट काठमाडौँका लागि अन्तिम उडानको टिकट थियो । अन्तिम उडानका अरू यात्रुहरूलाई अघिल्लो उडानमा पठाइएको थियो । सिट भरिसकेपछि जैसी एक्लैलाई अन्तिम उडानमा काठमाडौँ पठाइएको बुद्ध एयरले जनाएको छ ।

    एक्लो यात्रीका रूपमा स्मरणीय यात्रा भएको जैसीले बताएका छन् ।

    बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले आफूहरू व्यवसायिक उडानप्रति प्रतिबद्ध भएकाले यात्रुको संख्याले फरक नपार्ने बताए । यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउनतर्फ बुद्ध एयर प्रतिबद्ध रहेको कर्णको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij