
Jun 25 2025 | २०८२, असार ११ गते
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले ६ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । सोहि म्याद आज सकिएपछि उनलाई आज फेरि अदालतमा उपस्थित गराइएको हो ।
पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले राखेको रकम गोर्खा मिडिया प्रालि मार्फत अबैधरुपमा खर्च गरेको भन्दै रविमाथि अनुसन्धान थालिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij